बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आईटीसम्बन्धी शैक्षिक मेला हुने
काठमाडौं ।
नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूलनाराका साथ आगामी बिहीबार राजधानीमा छैठौँ व्यवस्थापन तथा आईटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेसन फाउण्डेसनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्नलागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, बीबीएम, बीएचटीएम, बीएसडब्लु, बीबीएस, बीबीए बीआई, बीई, बीडीएफइन, बीडीइभ्सलगायतका शैक्षिक उपाधिहरू प्रदान गर्ने ३८ वटा शैक्षिक संस्थाहरूले सहभागिता जनाउने भएका छन् ।
नेपालमै व्यवस्थापन तथा आईटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको छ । छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गरिरहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक सञ्जय मण्डलले बताए ।
यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छवटा, पूर्वाञ्चल विश्वविद्यालयका तीनवटा, काठमाडौं विश्वविद्यालयका दुईवटा, मध्यपश्चिम विश्वविद्यालयका पाँचवटा नेपाली विश्वविद्यालयका कलेज, दुईवटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरूको सहभागिता रहनेछ । यस्तै १५ वटा विदेशी विश्वविद्यालयको कोर्ष पढाउने संस्थाहरू रहेका छन् । जसमा युके मलेसिया अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक मण्डलले जानकारी दिए ।
यस वर्षको पाठशाला एजुकेसन फाउण्डेसनद्वारा आयोजित छैठांै नेपाल व्यवस्थापन र आईटी शैक्षिक मेला २०७७ को टाइटल स्पोन्सर नामी कलेज रहेको छ भने स्पोन्सरमा सन वे इन्टरनेशनल बिजनेस कलेज, काठमाडांै नेशनल कलेज इन एसोसिएसन विथ तथा मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालि रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया