अग्नि ग्रुपद्वारा बाराको जीतपुर सिमरामा सर्भिस सेन्टर स्थापना
काठमाडौं ।
महिन्द्रा फोर ह्विलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा महिन्द्रा फोरह्विलर सवारीसाधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्क्सको अधिकृत सुसज्जित डिलर हो ।
सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वक्र्सका प्रबन्धनिर्देशक अर्जुनप्रसाद शर्माले मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा सिमरा अटो जोनका प्रबन्धनिर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । ‘यो सेवाकेन्द्र स्थापना गर्नुको उद्देश्य बारा र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु-याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ पु-याउने उद्देश्य रहेकोे छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बालाजु अटो वर्क्सका प्रबन्धनिर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको छ । यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कोर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगायतका सबै उत्पादन शृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनेछ ।
सिमरा अटो जोन, जीतपुर सिमराका प्रबन्धनिर्देशक राजेशकुमार क्षेत्रीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारीसाधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो । सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पु-याउने उनीहरूको आशा पूरा गर्नेछ । कम्पनीका अनुसार यस क्षेत्रमा यो सर्भिस सेन्टरको स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई अझ प्रगाढ बढाउन मद्दत पुग्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया