निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा जोड
काठमाडौं ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्र एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई मंगलबार परिसंघको कार्यालयमा स्वागत गर्दै मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन् बढ्दै गएको बताए ।
अध्यक्ष मोरले कोभिडको पहिलो लहरमा नेपालको निजी क्षेत्र एक भई अर्थतन्त्रलाई बचाइराख्न सरकारलाई संयुक्त सुझावहरु दिएको उल्लेख गर्दै पहिले भएको कोभिडबाट पाठ सिकेर दोस्रो कोभिडको लहरलाई पनि सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे । पहिलेदेखि नै निजी क्षेत्रले लकडाउन गरेर कोभिडबाट मुक्त हुन नसकिने भन्दै आएकोले यसबाट बच्नको लागि सुरक्षाका उपाय र सावधानी मात्रै रहेको बताए । सुरक्षा मापदण्ड पालना गर्नको लागि निजी क्षेत्र पनि उत्तिकै कडाइका साथ अगाडि बढ्ने उनको भनाइ थियो । साथै उनले सरकारले निजी क्षेत्रलाई खोप आयात गर्न दिनुपर्ने बताए । उद्योगमा काम गर्ने कामदारहरुको लागि निजी क्षेत्रले सिधै आपूर्तिकर्ताबाट खोप खरिद गरी मजदुरलाई खोप दिने व्यवस्थाको लागि सरकारसँग माग समेत गरे ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका संस्थाहरुबीच भाइचारा, मित्रता र सहकार्यको आगामी मार्गमा परिसंघको निमन्त्रणा सार्थक रहेको बताए । नेपालका निजी क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको उनको भनाइ थियो । सरकारले नेपालको निजी क्षेत्रलाई विगत र वर्तमानमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँदै उनले कोभिडबाट बच्न स्वास्थ्य मापदण्ड तयार गरी विभिन्न जिल्लामा भएका च्याप्टरहरुलाई पनि सक्रिय परिचालन गरिनु पर्ने धारणा राखे । निजी क्षेत्रबाट सरकारलाई जाने सुझावहरुमा प्रायः एकै प्रकारका सुझावहरु हुने भएकोले आगामी दिनहरुमा संयुक्त सुझाव प्रस्तुत गर्न निजीक्षेत्र तयार हुनुपर्ने उनले बताए ।
कतिपय अवस्थामा सरकारले उद्योगी व्यवसायीको मर्कालाई बुझेर मात्र नीति नियम बनाउनुपर्ने र उद्योग व्यवसायमैत्री नियम बनाउनु पर्ने उनको भनाइ थियो । अध्यक्ष मल्लले राजस्व परामर्श बोर्डमा निजी क्षेत्रको सहभागितालाई जोड दिँदै एकजुट भएर उद्योग व्यवसाय प्रवद्र्धन गर्न, सुलभ र सरल मूल्यमा सामान उपलब्ध गराउन संयुक्त पहल गर्नुपर्ने बताए । थाहै नपाई मूल्य वृद्धि हुने र बिचौलियाबाट मूल्यवृद्धि भएको प्रसंग उल्लेख गर्दै उनले सेयर ब्रोकरको जस्तै घरजग्गाको कारोबारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताए ।
छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले लकडाउन अहिलेको विकल्प नभएकोले निजी क्षेत्रको आवाजलाई सही ठाउँमा पु¥याउन सहकार्य अपरिहार्य रहेको बताए ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले लकडाउन अन्तिम अस्त्र भएकोले सरकारले आम नागरिकलाई कुनै सुविधा प्रदान गर्न नसक्ने अवस्था सृजना भएमा मात्र लकडाउनको अवस्था आउने बताए । कार्यक्रममा परिसंघको तर्फबाट उपाध्यक्ष सुलभ अग्रवाल, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो । चेम्बरको तर्फबाट उपाध्यक्षहरु दीपककुमार मलहोत्रा, सुरेन्द्र कुमार श्रेष्ठ, दीपक श्रेष्ठ, त्रिभुवनधर तुलाधर र उर्मिला श्रेष्ठको उपस्थिति थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया