खोप दिन नसके भारतको सेरम इन्स्टिच्युटले बंगलादेशलाई पैसा फिर्ता दिने
ढाका ।
बंगलादेशले मागबमोजिम खोप पाउन नसके खोपनिर्माता भारतको सेरम इन्स्टिच्युटले पैसा फिर्ता गर्ने जनाएको बंगलादेशी अर्थमन्त्री एएचएम मुस्ताफा कमलले बताएका छन् ।
द डेलिस्टार अनलाइनका अनुसार अन्तर्राष्ट्रिय सम्झौताअनुसार खोप दिन नसके बंगलादेशले पैसा फिर्ता पाउने अर्थमन्त्री कमलले बताएका हुन् । ‘यदि हामीलाई खोप आउँदैन भन्ने निश्चित भयो भने हामी हाम्रो पैसा फिर्ता लिन्छौँ’, कमलले भने, ‘खोप आपूर्ति हुँदैन भने निश्चित रुपमा हामी पैसा फिर्ता लिन्छौँ ।’
सेरम इन्स्टिच्युटसँग लिखित सम्झौता गरिएको उल्लेख गर्दै उनले कुनै देशको पैसा अर्को देशले यतिकै लिन नसक्ने दाबी गरे । यसबारे छलफल चलिरहेकाले अहिले नै सेरमबाट खोप आउँदैन भनेर भन्न नसकिने उनको भनाइ थियो ।
सार्वजनिक खरिदसम्बन्धी मन्त्रिपरिषद्को एउटा समितिको भर्चुअल बैठकमा उनले उक्त कुरा बताएको डेलिस्टार अनलाइनले जनाएको छ । यसलाई उनले गम्भीर मुद्दा भनेका छन् । त्यस्तै बंगलादेशले वैकल्पिक स्रोतमार्फत खोप ल्याउनेबारे सरकारले काम गरिरहेको जानकारी पनि उनले दिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया