आनले नेपाली विज्ञापन सप्ताह मनाउने
काठमाडौं ।
नेपाली विज्ञापन व्यवसायीहरुको पहलमा स्थापित विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवसलाई ‘एड–डे’को रुपमा विविध कार्यक्रम गरी साताभरि नेपाली विज्ञापन सप्ताह मनाउने भएको छ ।
आनका अनुसार आइतबारदेखि असार ७ गतेसम्म ‘एड–डे’ नेपाली विज्ञापन सप्ताह कार्यक्रम गरिने भएको हो । जसअनुसार एड–डेको लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्वजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ट व्यक्तित्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योगसम्बन्धी र विज्ञापनले गरेको प्रभावसम्बन्धी भिडियो क्लिप बाइट तथा शुभकामना नेपाली स्याटेलाइट टेलिभिजनहरुमा बजाइनेछ ।
यस्तै विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार–उद्यमीलाई वेबिनारमार्फत श्रोतासमक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलब्धि र अवसर आदि विषयमा अन्तर्क्रिया गर्ने एड–डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताए ।
साथै आनले सामाजिक दूरी कायम गर्दै, उच्च सावधानीका साथ भीडभाड नगरी सचिवालय शान्तिनगरमा आइतबार बिहान ११ बजे रक्तदानको आयोजना गर्ने भएको छ । ‘एड डे’को मुख्य प्रायोजन बिजमान्डु र सहप्रायोजन अम्बे स्टिलले गरेको छ । मूलधारका नेपाली राष्ट्रिय दैनिकहरु र नेपाली स्याटेलाइट टेलिभिजनहरु, अनलाइन पोर्टलहरु र रेडियोहरुको समेत साझेदारी रहेको आनले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया