‘मेरी संगिनी’ परिवार योजना एप सुरु
काठमाडौं ।
नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ । अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुबारे विस्तृत जानकारी दिने उद्देश्यले मेरी संगिनी मोबाइल एप सुरु गरिएको हो । मेरी संगिनीबाट प्रदान गरिएको जानकारी प्रजनन उमेरको जो कोहीलाई अति उपयोगी हुने भए पनि विशेषगरी किशोर तथा किशोरी एवं नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने नेपाल सीआरएस कम्पनीले जानकारी दिएको छ ।
एपमा भएको ‘प्रायः सोधिने प्रश्नहरु’ खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोगकर्ताहरुलाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसूचित छनौट गर्न मद्दत गर्नेछ । साथै एपमा आफू नजिकैको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्सा पनि उपलब्ध हुने हुँदा आफू नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफूलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मद्दत गर्नेछ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुँच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थायी गर्भनिरोधक साधनबारे सुसूचित छनौट गर्न सहयोग पु-याउने बताए ।
कम्पनीका प्रबन्धनिर्देशक जीवलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको र प्रयोगकर्तामाझ सही र अद्यावधिक सूचनाको पहुँच बढाउनमा सञ्चार प्रविधिको ठूलो महत्व रहेको बताए । मेरी संगिनी एप, यूएसएआईडीको आर्थिक एवं सप्स प्लसको प्राविधिक सहयोगका तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा कम्पनीद्वारा निर्माण गरिएको हो । यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ वटै जिल्लामा उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया