प्रदेशस्तरीय जुत्ता चप्पल व्यापार मेला वीरगञ्जमा
वीरगञ्ज, माघ ५
वीरगञ्जमा एक महिना चल्ने प्रदेशस्तरीय जुत्ता चप्पल व्यापार मेला आयोजना हुने भएको छ । आगामी माघ ६ गतेदेखि फागुन ५ गतेसम्म चल्ने मेलामा नेपाल भारतका करिब दुई लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराई एक लाख जोडी जुत्ता चप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्साका सभाहलमा आयोजित पत्रकार सम्मेनलमा आयोजकले मेलाबारे विस्तृत जानकारी गराएको हो । वीरगञ्ज घण्टाघरस्थित मधेशी सहिद पार्कमा लाग्ने मेलामा सातवटा विभिन्न कम्पनीको ४० भन्दा बढी स्टल राखिनेछ । मेलामा स्वदेशी सातवटा कम्पनीको विभिन्न ब्रान्ड जुत्ताचपल सस्तो सुलभ दाममा बिक्री गर्ने तयारी रहेको मेला समितिका रामकृष्ण प्रसाईंले जानकारी गराए । मेला अवधिभर हरेक जुत्ता चप्पलको जोडीमा १५ देखि ५० प्रतिशतसम्म छुट अफर रहेको उनले बताए ।
शिखर सुजका प्रबन्धनिर्देशक समेत रहेका प्रसाईँले मेलामा शिखर, रन, बीएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल लाइफ गरी कुल सात स्वदेशी कम्पनीको उत्पादन बिक्रीको लागि राखिने जानकारी दिए । स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न र भिजिट नेपाल सुरु भएको देशमा देशको विभिन्न कुनाकाप्चाको उपभोक्ताहरुलाई सस्तो दाममा फुटवेयर अर्थात् जुत्ताचप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न मेलाको उद्देश्य रहेको मेला सञ्चालक समितिका रुद्र न्यौपानेले जानकारी गराए ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले प्रदेश नं २ मा पहिलोचोटि देशकै आर्थिक नगरी वीरगञ्जमा यस्तो मेलाले नेपाली ग्राहकसँगसँगै भारतीय उपभोक्ताको लागि पनि राम्रो अवसर भएको विचार व्यक्त गरे । उनले स्वदेशी उत्पादनहरुमा राम्रो र गुणस्तरीय जुत्ता चप्पलका उद्योगहरुले देशमा आत्मनिर्भर भई यस्तो किसिमको मेला आयोजना हुनु र सस्तो दाममा जुत्ता चप्पल खरिद गर्ने अवसर भएकोले यो सबै उपभोक्ताहरुको लागि खुसीको कुरा भएको बताए । उनले मेला अवधिभर पर्साका सञ्चारकर्मीहरुबाट आवश्यक पर्ने मिडिया सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया