हाइड्रोद्वारा अतिक्रमित वन कार्यालयलाई नै फिर्ता
महेन्द्र शाही
सोलुखुम्बु, माघ ५
सोलु दूधकोशी हाइड्रोपावरले अतिक्रमण गरेको सामुदायिक वन डिभिजन वन कार्यालयलाई फिर्ता गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन आयोजना निर्माणको क्रममा अतिक्रमित १ सय ५ रोपनी वन डिभिजन वन कार्यालयमार्फत नेपाल सरकारको नाममा फिर्ता गराएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । ६९ रुख विनाश गरेको आयोजनाले सबै जग्गा फिर्ता गराएको आयोजनाका जनसम्पर्क अधिकृत कैलाश निरौलाले जानकारी दिए ।
सामुदायिक वन अतिक्रमण गरेबापत आयोजनाले नेपाल सरकारलाई सोहीबराबरको वन उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । सोहीअनुरुप जिल्लामा निर्माणाधीन अन्य आयोजनाहरुले अतिक्रमण गरेको वन समेत फिर्ता गराइसकेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । बेनी हाइड्रोपावरले अतिक्रमण गरेको ४२ रोपनी जग्गा सबै नेपाल सरकारको नाममा दिइसकेको डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख इन्द्र प्रसाद सापकोटाले बताए । अप्पर सोलु हाइड्रो पावर र तल्लो सोलुखोला जलविद्युत् आयोजनाले ९९ रोपनी र दोभान हाइड्रोपावर बेनी १९.२ मेगावटले २ रोपनी सामुदायिक वन नेपाल सरकारको नाममा फिर्ता गरिसकेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया