मेलम्ची बाढीले लगानी डुबेपछि ऋणमा ट्राउट माछा व्यवसायी
सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले भौतिक संरचनासहित ट्राउट माछा फार्म र रिसोर्ट बगाउँदा व्यवसायीहरू ऋणमा डुबेका छन् । ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा मात्रै चार अर्बभन्दा बढीको लगानी डुबेको व्यवसायीहरूले बताएका छन् । गत असार १ गते मेलम्ची र इन्द्रावती करिडोरमा आएको बाढीले आठवटा ट्राउट माछा फार्म र रिसोर्ट बगाउँदा व्यवसायीले अर्बौँको क्षति व्यहोर्नुपरेको हो ।
हेलम्बु गाउँपालिका किउलका भण्डारी ट्राउटका सञ्चालक उत्तममणि भण्डारीले आठ वर्षदेखि खेतीयोग्य जमिनमा नौ करोड लगानीमा रेन्बोे ट्राउट जातको माछापालन व्यवसाय गर्दै आएका थिए । मासिक ७० लाख रुपैयाँको कारोबार गर्दै आएका उनको व्यवसाय असार १ मा मेलम्ची खोलामा आएको बाढीले एकैछिनमा बगरमा परिणत गरिदिएको छ । व्यवसायी उत्तममणि भण्डारीले भने, ‘बाढी आउन थालेपछि धमिलो पानीबाट माछा जोगाउन हामी कुलो फेर्दैै थियौँ’, उनी भन्छन्, ‘एक्कासि कल्पना गरेभन्दा ठूलो बाढी आएपछि हेर्दाहेर्दै करोडौँको सम्पत्ति बगरमा परिणत भयो ।’
सोही बाढीले पाल्चोकको रातोपुलमा रहेको युवराज खड्काको ट्राउट फार्म पनि बाढीले बगर बनाइदिएको छ । रिसोर्ट समेत सञ्चालन गरेका खड्काको डेड करोड रुपैयाँभन्दा धेरै क्षति भएको छ । भौतिक संरचना मात्रै डेड करोडको क्षति भएको उनको उत्पादित माछा र जग्गा समेतको मूल्य जोड्दा त्यो रकम धेरै गुणा बढ्न जान्छ । ण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा आफूहरू अब पुनः यो व्यवसायमा फर्कन सक्ने अवस्था नहरेको उनीहरूको गुनासो छ ।
पर्यटकको प्रमुख आकर्षण रहेको मेलम्ची र इन्द्रावती करिडोरमा रहेका सातैवटा माछा फार्मको नाम निशान नै मेट्ने गरी बाढीले बगाउँदा हेलम्बुमा सञ्चालित फार्ममा मात्रै ६० टनभन्दा बाढी माछा उत्पादन हुन्थ्यो । लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरूले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोड लगानी गरेका थिए । ती सबै फार्म बाढीले बगाएको छ । हेलम्बुको ट्राउट माछा खानकै लागि धेरै पर्यटक यहाँ आउने गरेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्छन्, ‘अब यसको क्षतिले युवा व्यवसायीहरूलाई समेत विस्थापित बनाएको छ भने अर्बौंको क्षति समेत गरेको छ ।’
आठवटा ट्राउट फार्ममा ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । हेलम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाएको ट्राउट फार्म नष्ट हुँदा समृद्ध हेलम्बुको सपनामा समेत असर पारेको छ । ट्राउट माछाको लागि प्रख्यात सो क्षेत्र अब बगर बनेको छ । मेलम्ची खोलाको पहिचान बनाएको ट्राउट माछा फार्मले सञ्चालकलाई राम्रो अम्दानी दिएको थियो । हेलम्बुदेखि मेलम्चीसम्म फैलिएर रहेका माछा फार्ममा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन्थ्यो । पुनः यही पेसामा फर्कन वा नयाँ व्यवसाय गर्न सहयोग गर्नुेपर्ने उनीहरूको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया