स्प्राइटको प्रोमोसनल अभियान ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’
काठमाडौं । लेमन–लाइम पेयपदार्थ स्प्राइटले स्क्रिन टाइम प्रमोसनल अभियान ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको साथ सुरूवात गरेको छ । यस अभियानको उद्येश्य भनेको धेरैभन्दा धेरै उपभोक्ताहरुसम्म पहुँच पु-याउनु र उनीहरुलाई रिफ्रेस गर्नु रहेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र पाँचवटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउनेछन् ।
त्यसैगरी, दैनिक लक्की ड्रअन्तर्गत पाँच जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउनेछन् । यो अफरमा सहभागी हुन उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सिधै स्प्राइटको वेबसाइटमा लग इन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बरसहित लेबलपछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ । वैकल्पिक रूपमा, सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन् । यो योजना भदौ ३० गतेबाट सुरू भएको थियो र कात्तिक १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
यो अफर पाँच सय मिलिलिटरको स्प्राइटको पीईटी प्याक, एक लिटर, १.५ लिटर र २.२५ लिटर किन्दा लागू हुनेछ । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छ । कम्पनीका अनुसार यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियान को हिस्सा हो, जसको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटकोे साथमा आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया