नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि
काठमाडौं, माघ १५
राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फियर एण्ड इभेन्ट प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेश्नल एक्स्पो शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा हुने भएको छ ।
उक्त प्रदर्शनीमा विभिन्न देशका दुई सयभन्दा बढी ख्याति प्राप्त ब्राण्डहरुका एक सय ५० भन्दा बढि स्टल रहनेछन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउनको लागि यो प्रदर्शनी कोसेढुङ्गा सावित हुदै आएको आयोजकको भनाइ छ । छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् ।
यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने बताइएको छ । यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु-याउने विश्वास गरिएको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहनेछ । प्रदर्शनीको मूल उद्देश्य नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु रहेको बताइएको छ । साथै यस प्रदर्शनीले नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया