‘भीआईटी एजेन्ट इन्फरमेसन सेसन’ काठमाडौंमा
काठमाडौं । भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआईटी) ले सूचना तथा प्रविधिको जानकारी दिने उद्देश्यले शैक्षिक कार्यक्रम ‘भीआईटी एजेन्ट इन्फरमेसन सेसन’को आयोजना गरेको छ ।
कोभिड १९ महामारीपछिको सामान्य अवस्थातर्फ उन्मुख हालको अवस्था र सूचना तथा प्रविधिको बारेमा जानकारी दिने भीआईटीले यसै साता काठमाडौंमा सो आयोजना गरेको हो । कार्यक्रममा भीआईटीले वर्तमान समयमा प्रविधिको उपयोग शैक्षिक संस्था, व्यवसाय, उद्योग तथा दैनिक कार्यहरुमा समेत हुने गरेको सहभागीहरुलाई जानकारी गराएको थियो ।
कार्यक्रममा आइशडी नेपालका निर्देशक भूपेन्द्र सिटौलाले विश्वविद्यलाय शिक्षा लिनको लागि अनलाइन प्रविधि सहज भएको बताउँदै विदेशी मुलुकमा उक्त प्रणालीको प्रयोग गर्ने विद्यार्थीको संख्या बढ्दै गएको बताए । उनले शैक्षिक कार्यक्रमले विदेशको विश्वविद्यालय छनौटमा सहजीकरण गर्ने बताए ।
लिटिल एन्जेल्स कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल डाक्टर मित्रबन्धु पौडेलले यस्ता शैक्षिक परामर्शले व्यवसायलाई मर्यादित बनाउँदै लैजानका लागि उत्प्रेरणा प्रदान गरेका थिए । शैक्षिक परामर्शले नै स्वदेश र विदेशी मुलुकमा के कस्तो शिक्षा पाइन्छ भन्ने कुराको जानकारी लिन विद्यार्थीहरुलाई सहज हुने उनले बताए । कार्यक्रमको सहभागी विद्यार्थीहरुले विदेशको कलेजमा भर्ना प्रक्रिया, जीटीई र छात्रवृत्तिका बारेमा जानकारी लिएका थिए ।
निर्देशक सिटौलाले लिटिल एन्जेल्स कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल डाक्टर मित्रबन्धु पौडेललाई मायाको चिनो प्रदान गरेका थिए । सेसन सँगसँगै भीआईटीका समूहले काठमाडौंका र काठमाडौंबाहिरका शैक्षिक परामर्श केन्द्रहरूमा पनि भ्रमण गरी शैक्षिक परामर्श गर्ने तयारी गरेको संस्थाका अधिकारी फुर्बु टाशी लामाले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया