खोटेहाङ गाउँपालिकाको आफ्नै भवनवाट सेवा प्रवाह
खेमराज अधिकारी
खोटाङ, माघ २०
जिल्लाको खोटेहाङ गाउँपालिकाले आफ्नै भवनवाट सेवा प्रवाह थालेको छ । गाउँपालिकाको ९२ लाख लगानीमा सुविधासम्पन्न कार्यालय भवन निर्माण सम्पन्न भएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण उपभोक्ता समितिमार्फत सुरु गरिएको कार्यालय भवन केही समयआगाडि सम्पन्न भएको हो ।
भूकम्प प्रतिरोधी दुई तले आठवटा कोठाहरू रहेको भवनमा गाउँपालिका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत छुट्टाछुट्टै शाखा स्थापना गरिएको छ । सेवाग्राहीका लागि प्रतिक्षालय समेत निर्माण गरिएको कार्यालय भवनमा छुट्टाछुट्टै पाँचवटा सौचालय निर्माण गरिएको । कार्यालय भवनमा डिजिटल सूचना बोर्डसमेत जडान गरिएको छ । नौवटा वडा रहेको खोटेहाङ गाउँपालिकामा छवटा वडा कार्यालयको भवनसमेत निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदिप राईले बताए ।
‘गाउँपालिकाले भौतिक निर्माणको कामलाई पहिलो प्राथमिकता दिएको छ’, उनले भने, ‘यसै वर्षभित्र बाँकी तीनवटा वडामा पनि भवन निर्माण सकेर सेवा प्रवाह सुरु गरिने तयारी गरिएको छ ।’ गाउँपालिकाले कम लागतमै गुणस्तरीय र बहुउपयोगी नयाँ भवन निर्माण गरेपछि स्थानीयले गाँउपालिकाको प्रशंसा गरेका छन् । ब्रिटिस गोर्खा वेलफियर (जीडब्लूएस)ले उपलब्ध गराएको कार्यालय भवनमा सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय आफ्नै सुविधासम्पन्न कार्यालय भवनमा सञ्चालन भएपछि दैनिक कामकाजमा सहज भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।
खोटाङका दश स्थानीय तहमध्ये आफ्नै कार्यालय भवनवाट सेवा प्रवाह गर्ने खोटेहाङ गाँउपालिका चौथो स्थानीय तह हो । यसअघि हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाको एक नगरपालिका र पाँचवटा गाउँपालिकाले अझै पनि भाडाकै घरबाट दैनिक कामकाज सञ्चालन गरिरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया