सोलुखुम्बु, माघ २१
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा एकै दिन तीनवटा योजनाको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ९ लोखिममा भएको कार्यक्रममा तीन वटा योजनाको एकैसाथ उद्घाटन गरिएको हो । जनसेवा माध्यमिक विद्यालयको चारकोठे आरसीसी भवन, वडा कार्यालयबाट कुरिमा जोड्ने सडक र तीनवर्षे बालीविज्ञान कक्षाको एकैसाथ उद्घाटन गरिएको हो । जिल्ला योजना कार्यान्वयन इकाइको ६३ लाखको लागतमा बनेको चारकोठे भवनको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरे । सो भवनमा विद्यार्थीहरुका लागि होस्टल सञ्चालन गरिने विद्यालयले जनाएको छ । त्यस्तै प्रदेश सरकारको ७० लाखको लागतमा वडा कार्यलयबाट कुरिमा जोडने सडकको पनि आइतबार नै उद्घाटन गरिएको छ ।
सडक निर्माण भएपछि सो क्षेत्रका स्थानिय खुसी भएका छन् । सडक निर्माण भएसँगै गाउँपालिका तथा सदरमुकाम सल्लेरीसम्म नै सिधा सडक सवारी सञ्चालन हुने र आवतजावतमा सहज हुने स्थानीय विश्वराज तामाङको भनाइ छ । सडक नहुदा गाउँपालिका केन्द्र आउननै कुरिमाका बासिन्दालाई एक दिनसम्म हिँड्नुपर्ने बाध्यता रहेको थियो । सोही अवसरमा गाउँपालिकाले यस वर्षबाट जनता माध्यमिक विद्यालयमा सञ्चालन गरेको तीनवर्षे डिप्लोमा इन बालीविज्ञान विषयको पनि औपचारिक रुपमा उद्घाटन गरिएको छ । विद्यार्थीहरुले अध्ययन भने केही समय अघिदेखि नै गर्दै आएका थिए ।
अहिले बालीविज्ञान अध्ययन गर्ने नौ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । योजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले गाउँपालिकालाई समृद्ध बनाउन सबै क्षेत्रको विकास हुनुपर्ने भन्दै आफू त्यसतर्फ लागिपरेको बताए । शिक्षाविना कुनै पनि कुराको विकास नहुने भन्दै अध्यक्ष राईले घरकै ढिँडो र रोटी खाएर गाउँमा नै गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्न लागिपरेको दाबी गरे ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया