लिफ्टिङ प्रणालीमार्फत पानी तान्ने काम सुरु
खेमराज अधिकारी
खोटाङ, माघ २२
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सुनकोशी नदीमा बोरिङ गरी लिफ्टिङ प्रविधिमार्फत पानी ल्याउने भएको छ । खानेपानी तथा सिंचाइ सुविधाबाट वञ्चित गाउँपालिकाको वडा नम्बर ४ बतासेस्थित भडारेघाटका स्थानीयलाई लक्षित गर्दै लिफ्टिङ प्रणालीको आयोजना अघि बढाइएको हो ।
गाँउपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा ३० लाख बजेट छुट्याएर लिफ्टिङ खानेपानी आयोजनाका लागि विभिन्न पूर्वाधार निर्माणको काम थालिएको गाउँपालिकाका सूचना अधिकारी मणिचन्द्र राईले बताए । बतासेस्थित भडारेघाटमा बसोबास गरिरहेका ६० घरधुरीमा खानेपानी तथा सिंचाइको सुविधा पु-याउन यस प्रविधिको आयोजना सुरू गरेको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले बताए । सुख्खाग्रस्त क्षेत्रका रूपमा रहेको भँडारेघाट आसपासमा प्रशस्त पानीको मुहान नहुँदा वर्षौदेखि पानीको चरम अभाव झेलिरहेका र दैनिक जीवन निर्वाहको लागि नदीको पानी उपभोग गर्न बाध्य स्थानीयलाई आयोजनाबाट लाभान्वित हुने गाँउपालिकाले बताएको छ ।
उपभोक्ता समितिमार्फत सुरु गरेको आयोजनाको काम चालू आवमै सक्ने लक्ष्य राखिएको छ । सुनकोशीको पानी लिफ्टिङ गरेर भडारेघाटको सिरानमा ४० हजार लिटर क्षमताको रिजर्भ ट्यांकीमा जम्मा गरेर घर–घरमा वितरण गरिने उपभोक्ता समितिले जनाएको छ । उक्त स्थानमा महुरे–फोक्सिङटार सडक खण्ड पर्ने र बजार विस्ताको समेत प्रवल सम्भावना रहेकोले लिफ्ट खानेपानी आयोजना सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । सो स्थानमा खानेपानी तथा सिंचाइ आयोजना सञ्चालन गर्न पानीको मुहानको अभाव भएपछि विकल्पकोरूपमा नदीको पानी तान्ने काम अघि बढाइएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया