गुडिरहेको गाडीलाई ढुंगाले किच्दा तीन जनाको मृत्यु
सोलुखुम्बु । ओखलढुंगामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुंगाले किच्दा तिन जना यात्रुको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ का सात वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोबिन्दराज काफ्लेका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । सिद्धिचरण नगरपालिका ३ मा सडक निर्माण गर्दै गरेको डोजरले आइतबार बिहान ९ बजे माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नंबरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये देवबहादुर श्रेष्ठ र सञ्जीव श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको डीएसपी काफ्लेले बताए । जिल्लाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई नारायणस्थलको सोतीभीरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया