Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि१८ लाखभन्दा बढीको खुर्सानी निर्यात

१८ लाखभन्दा बढीको खुर्सानी निर्यात


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट यसवर्ष मात्रै १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्लाबाहिर निर्यात भएको छ । यस वर्षको वैशाखदेखि मंसिरसम्ममा जिल्लाबाट १८ लाख रुपैयाँबराबरको १२ मेट्रिकटन खुर्सानी निर्यात भएको कृषि ज्ञाान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

यहाँको अकबरे खुर्सानीको माग पूर्वको धरान, मोरङ, काठमाडौँलगायतका स्थानहरूमा उच्च रहेको ज्ञान केन्द्रका सूचना अधिकारी कुल बहादुर राई बताए । उनका अनुसार माग बढेसँगै यसबाट राम्रो आम्दानी हुने देखिएपछि पछिल्लो समय धेरै कृषकहरू व्यावसायिक खेतीतर्फ अग्रसर भएका छन् । जसका कारण यस वर्ष जिल्लामा अकबरे खुर्सानीको उत्पादनमा ८ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी राईले बताए ।

गत वर्ष एक सय ४० मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष बढेर एक सय ५२ मेट्रिकटन उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष २० हेक्टर क्षेत्रफलमा हुँदै आएको खुसार्नी खेती गत वर्ष २१ दशमलव ३ हेक्टर पुगेसँगै उत्पादनमा वृद्धि भएको छ । गएको वर्ष २१ दशमलव ३ हेक्टरमा उत्पादन भएको केन्द्रका सूचना अधिकारी राईले जानकारी दिए । जिल्लाको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिका क्षेत्रमा व्यावसायिकरूपमा खुर्सानीखेती गरिँदै आएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया