आईएमई लाइफ इन्स्योरेन्सको मास्कट सार्वजनिक
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको छ । कम्पनीले जनाएअनुसार उक्त सबै लाइक आफ्ना कर्मचारी, अभिकर्ताहरू, ग्राहकहरू तथा हितैषीहरूको सामूहिक प्रयासबाट प्राप्त अग्र्यानिक लाइक मात्रबाट सम्भव भएको हो । यसको लागि छुट्टै विज्ञापन गरिएको थिएन ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन् । अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने कम्पनीको लक्ष्य रहेको हुनाले त्यसैअनुरूपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरूपमा लिएर आएको पनि उनले बताए ।
डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहकहरू तथा अन्य सर्वसाधारणहरूसँग आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधिको रूपमा संवाद गर्ने कुरा समेत कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
- जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क
- पाँच महिनासम्म शून्य वैदेशिक अनुदान
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया