काठमाडौं । काठमाडौंबाट प्रकाशित हुने प्रभाव दैनिकका सम्पादक कमलराज राईको निधन भएको छ । उनी केही दिनअघि मात्र कोरोना संक्रमण भई ठीक भएका थिए । कोरोना ठीक भएर हिँडेको केही दिनमात्र हुँदा उनको बिहीबार अचानक अक्सिजन लेभल घटेर ४७ मा आइपुगेर श्वासप्रश्वासमा समस्या भएपछि टिचिङ अस्पताल लगिएको थियो ।
टिचिङ अस्पतालले गम्भीर अवस्थाको बिरामीलाई आईसीयूको बेड छैन भनी फिर्ता पठाएर पछि त्यहाँ भेटिएका फार्मेसियनको रिफरमा सम्पादक राईलाई नेपाल–भारत मैत्री अस्पताल चाबहिल पु-याइएको थियो । अस्पतालमा भर्ना गरेको केही समयमा नै सम्पादक राईलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । राई पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका कार्यसमिति सदस्य समेत हुन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया