दोलखा, माघ २८
तामाकोशी गाउँपालिका जिल्लामै फरक किसिमको अभियान चलाउने भएको छ । गाउँपालिकाले आफ्नो घर सफा राखेबापत घरमूलीलाई सम्मान गर्ने भएको हो । पालिकाले गाउँघरलाई सफा राख्ने उद्देश्यले ‘मेरो घर सफा घर’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । पालिकाले घर सफा राख्ने प्रत्येक वडाका ६३ जना घरमूलीलाई नगद तीन हजारका दरले पुरस्कार समेत प्रदान गर्न बजेट नै छुट्याउने निर्णय गरेको छ ।
पालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले गाउँपालिकाको छैठौँ हिउँदे गाउँसभाको अवसरमा गाउँघर सफा राख्ने अभियान चलाउने निर्णय गरेको बताए । त्यसैगरी पालिकाले अन्य विभिन्न कार्यक्रमको सुरु गर्ने भएको छ । गाउँसभाले ‘ग’ वर्गमा पर्ने अपाङ्गहरूलाई मासिक एक हजार भत्ता दिने भएको छ । गाउँपालिकाले खानेपानी व्यवस्थापन गर्न सबै वडामा ‘एक घर एक धारा’को कार्यक्रमलाई तीव्रता दिएर सबै स्थानीयलाई खानेपानी उपलब्ध गराउने जनाएको छ ।
त्यसैगरी कृषिक्षेत्रको अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल गठन गरी काम सुरु गर्ने पालिकाले जनाएको छ । गाउँसभामा अध्यक्ष पोखरेलले सामूहिक खेतीलाई प्राथमिकतामा राख्ने, सुकुम्बासीविहीन गाउँपालिका घोषणा गर्ने, विद्यालयमा औचित्यको आधारमा शिक्षक व्यवस्था गर्ने बताए । साथै यस वर्षदेखि गाउँपालिकाभित्र सुगर र प्रेसर रोगीहरुलाई पनि औषधि निःशुल्क दिने निर्णय गरेको उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया