अनिल नेपाली
अर्घाखाँची, फागुन २
प्रथम शीतगंगा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव बिहीबारबाट ठाडामा सुरु भएको छ । महोत्सवको प्रदेश–५ का पर्यटनमन्त्री लिला गिरीले उद्घाटन गरेका हुन् । भौगोलिक हिसाबले देशकै ठुलो नगरपालिकामा शीतगंगा उद्योग वाणिज्य संघले आफ्नो स्थापनासँगै महोत्सव सञ्चालन गरेको छ । फागुन १२ गते सम्पन्न हुने महोत्सवमा १ सय ५ स्टल रहेका छन् । दुई करोडबराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । शीतगंगामा उत्पादन भएको वस्तुको बजार प्रवर्द्धन गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास छ ।
नगरका १४ वटै वडा दुर्गम र भौगोलिक जटिलता छ । उद्घाटनमा प्रदेश सांसद रामजीप्रसाद घिमिरे, निर्मला क्षत्री, जालापा भुसाल, जिल्ला समन्यव समिति प्रमुख पिताम्बर शर्मा, शीतगंगा नगरपालिका प्रमुख सूर्य अधिकारी, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी विजय पौडेललगायत दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा प्रमुख, सञ्चारकर्मी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया