Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग साझेदारी

सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग साझेदारी


काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको छ । महासंघले सोमबार साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेको छ । सम्झौतापत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताए । सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपालस सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्वेयर विकास गरेको बताएको छ । सो कम्पनीले हाल एक हजारभन्दा बढी सहकारी दर्जनौँ लघुव्त्ति र केही बैंकहरूलाई सेवा दिइएहेका छ । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी डिजिटलाइजेसनमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आबद्धता गर्न जोड दिनुपर्ने बताइन् । उनले बैंकिङ सफ्वेयरमा एकरूपता र विश्वसनीयता सिर्जना गर्नुपर्ने बताइन् ।

महासंघका महाप्रबन्धक सुब्बाले महासंघले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यको रूपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताइन् । विकु साकोसका सीईओ माधव पौडेलले सहकारीमा प्रविधिको प्रयोग सुशासनको प्रस्थानविन्दु भएको औँल्याउँदै इन्फोडेभलपर्सले विकास गरेको इन्फिनिटी सफ्वेयर प्रयोग गरेसँगै डिजिटल सेवा लिने सदस्यहरू बढेको अनुभव सुनाएका थिए । कार्यक्रममा इन्फोडेभलपर्सका सिइओ रघु राघुवंसीले इन्फिनिटी सफ्वेयरलगायत अन्य प्रडक्टहरूको विषयमा प्रस्तुति दिएका थिए ।

इन्फोडेभलपर्सका सीओओ डा. राजिव सुब्बाले गरिबी निवारण गर्ने, सदस्यलाई आत्मनिर्भर बनाउने, सामाजिक जीवनलाई समृद्धि गराउने क्षेत्रका रूपमा रहेको सहकारीमा प्रविधिको उच्चतम प्रयोगले ठूलो परिवर्तन हुने बताए । इन्फोडेभलपर्सले सहकारी, माइक्रोफाइनान्स र अन्य संस्थाहरूको डिजिटलाइजसेनको प्रयासमा सघाउन विभिन्न प्रडक्टहरू ल्याएको छ । महासंघले सहकारीमा ती प्रडक्टलाई मापन गरी पहिचान गर्न योग्य भएको साबित गरेको बताइएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया