मंगलम इन्डष्ट्रिजको बिक्रीमा २ सय ६ प्रतिशतले वृद्धि
काठमाडौं । पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै दुई सय छ प्रतिशतले वृद्धि भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो सात महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ ।
कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१ करोड रुपैयाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो । कम्पनीको प्रबन्धनिर्देशक अभिनव चुरिवालले लगातार दुई वर्षको कोभिड महामारीले सुस्ताएको व्यापारले महामारीको अन्त्यसँगै पुनः गति लिनथालेको बताए ।
निर्माण व्यवसायसम्बन्धी गतिविधिहरु पुरानै लयमा फर्किन थालेपछि कम्पनीको बिक्री पनि बढेको उनको भनाइ छ । मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माणकार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।
मंगलम्को उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चापदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । यसका सबै उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीईपी पाइप आईएसओ साथसाथै नेपाल गुणस्तर पनि प्रमाणित छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया