Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनगरपालिकाद्वारा कृषकलाई ट्याक्टर वितरण

नगरपालिकाद्वारा कृषकलाई ट्याक्टर वितरण


अर्घाखाँची, फागुन ९
सन्धिखर्क नगरपालिका कृषि शाखाले सन्धिखर्कका किसानहरूलाई हाते ट्याक्टर वितरण गरेको छ । विभिन्न समूह तथा फर्ममा आबद्ध सन्धिखर्कका १२ अगुवा कृषकलाई बिहीबार एक कार्यक्रमबीच सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले हाते ट्याक्टर वितरण गरेका हुन् ।

ट्याक्टर वितरण गर्दै भुसालले नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक पर्ने सम्पुर्ण सामग्री बाँड्दै आएको बताए । उनले किसानलाई व्यावसायिक खेतीको निम्ति प्रदान गरिएका ट्याक्टरलगायतका सामग्रीहरूको दुरुपयोग नगरी ठीकसँग प्रयोग गर्न अनुरोध गरे । उनले कृषिमा आत्मनिर्भर बनाई नगरपालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

सन्धिखर्क नगरपालिकामा एक वडा एक ट्याक्टर वितरण गर्ने कार्यक्रमअनुसार १२ वटै वडामा रहेका किसानहरूलाई ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए । उनले सन्धिखर्क नगरपालिकाको साना मेसिनरी औजार तथा अन्य सामग्री वितरण वार्षिक कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको बताए । वितरण गरिएको ट्याक्टरको मूल्य ५८ हजार पाँच सय रुपैयाँ रहेको बताइएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया