सुबास बस्नेत
दोलखा, फागुन ११
दोलखाका स्थानीय कर दाताले कर तिर्नको लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । दोलखा उद्योग वाणिज्य सघको पहलमा आगामी चैत एक गते देखी दोलखाको सदरमुकाम चरीकोटमा आन्तरिक राजस्व कार्यालयको चरीकोटमा स्थापना गरिने भएको छ ।
दोलखामै कर कार्यालय राखेर राजधानी पुगेर गर्नुपर्ने सम्पूर्ण करको काम अब जिल्लाबाटै गरिने भएको छ । शुक्रबार र शनिबार आयोजना गरेको करदाताहरुको संयुक्त कर तालिममा आगामी चैत १ गतेदेखि सेवा सुचारू गर्ने गरी कर कार्यालयको स्थापना गर्न लागिएको उद्योग वाणिज्य संघ दोलखाका महासचिव हेमराज रिमालले जानकारी दिए । सदरमुकाम चरीकोटमा आन्तरिक राजस्व विभाग तथा नेपाल वाणिज्य महासंघको आयोजना र दोलखा उद्योग वाणिज्य संघको सहआयोजनामा दुई दिनसम्म कर तालिम सञ्चालन गरिएको हो ।
जिल्लाका साना तथा मझौला व्यवसायीलाई कर त्रुटि कम होस् र करको कर्तव्यबोध गराउन तालिम आयोजना गरिएको दोलखा उद्योग वाणिज्य संघका महासचिब हेमराज रिमालले बताए । तालिममा कर, आयकर, करदाता, आयको प्रकार, प्यान, स्थायी लेखा नम्बरको लगायतको विषयमा आन्तरिक राजस्व विभाग केन्द्रका ज्ञानेन्द्र भारीले जानकारी गराएका थिए । तालिममा सहभागीहरुले आन्तरिक राजस्व कार्यालय जिल्लामा चाँडै स्थापना गर्न माग गरेपछि चैत १ गतेदेखि सुचारू गर्ने गरी कार्यालय स्थापना गर्न लागिएको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।
तालिममा उद्योग वाणिज्य संघका शाखा मैनापोखरी, सिंगटी, माघदेउराली र जिल्लाका ८० भन्दा बढी उद्योगी, व्यवसायी र सहकारीकर्मी, लेखा क्षेत्रका विद्यार्थीको सहभागिता रहेको थियो । दुई दिन चलेको कर तालिमको निमित्त प्रमुख जिल्ला अधिकारी तालिम सहभागीलाई प्रमाणपत्र वितरण गरेर समापन गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया