ब्लड क्यान्सरपीडित शाहीलाई आर्थिक सहयोग गरिदिन आफन्तको अपिल
बझाङ । ब्लड क्यान्सरपीडित ३५ वर्षे चक्र बहादुर शाहीको उपचार गर्न आर्थिक सहयोग गरिदिन उनका आफन्तले सार्वजानिक अपिल गरेका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर–१ बझाङको कैलाश घर भएका शाही यतिबेला काठमाडौंको सिभिल हस्पिटल नयाँ बानेश्वरमा उपचार गराइरहेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न चाहिने रकम सहयोग गरिदिन पीडितका आफन्तले आग्रह गरेका हुन् । एक महिनाको हाराहारीमा शाहीको उपचारका क्रममा पाँच लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको शाहीका आफन्त कृष्ण सिंहले बताए । शाहीलाई हात, खुट्टा, टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि बझाङ जिल्ला अस्पताल लगिएको थियो । बझाङ जिल्ला अस्पतालले धनगढीको निसर्ग अस्पतालमा रेफर गरेको थियो ।
धनगढीको निसर्ग अस्पतालले क्यान्सरको आशंका गरेर काठमाडौंमा रेफर गरेको र काठमाडौंको सिभिल हस्पिटलमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको देखिएकाले अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको सिंहले जानकारी दिए । शाहीको उपचारखर्च जुटाउन स्थानीय युवाले गाउँघरमा सामूहिक अभियान समेत थालेका छन् । सहयोग संकलन गर्न एभरेष्ट बैंक लिमिटेडको बझाङ शाखामा खाता खोलिएको छ । ‘चक्र बहादुर शाही बचाऔँ’ नामको बैंक खाता नम्बर ‘०५४००५०१२०००२१’ हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
- ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया