‘क्याप्चर द फ्लाग’ प्रतियोगिताको फर्म खुल्यो
काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गर्नलागेको ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिताको लागि रजिस्ट्रेसन फर्म खुलेको छ । यही सेप्टेम्बर ३ तारिखमा आयोजना हुने उक्त प्रतियोगितामा कुनै पनि कलेजको आईटी विषयमा स्नातक गरेका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनलाइन वा कलेजमै गएर फर्म भर्न सकिने व्यवस्था गरिएको कलेजका प्रमुख प्रमोद पौडेलले बताए ।
उनका अनुसार, प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहमा कम्तीमा ३ देखि ५ जनासम्म विद्यार्थी हुनुपर्नेे छ । प्रतियोगितामा सहभागीहरू सबैले आफ्नै ल्यापटप ल्याउनुपर्ने र सहभागी हुँदा सरकारी वा कलेजबाट दिएको आईडी कार्ड अनिवार्य ल्याउनुपर्ने व्यवस्था छ । यस्तै, स्नातक अध्ययन पूरा नगरेको वा सोभन्दा कमको अध्ययन मात्र गरेका विद्यार्थीहरू सहभागी हुन नपाउने तर इभेन्टमा आउन पाउने व्यवस्था रहेको प्रमोदले जानकारी दिए । प्रतियोगितामा सहभागीमध्ये प्रथमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार स्वरुप पाउने व्यवस्था रहेको प्रमोदले बताए । उक्त फर्म यही अगस्ट २४ तारिखसम्म भर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया