इन्क्सभिला र ट्याक्सीमाण्डु स्टार्टअप वर्ल्डकपको फिनालेका लागि अमेरिका प्रस्थान
काठमाडौं । स्टार्टअप वर्ल्डकपका लागि दुई वर्षका नेपाल च्याम्पियनहरु ग्लोबल फिनालेमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालका अनुसार यस वर्षको स्टार्टअप च्याम्पियन इन्क्सभिल्ला र गत वर्षको स्टार्टअप च्याम्पियन ट्याक्सीमाण्डु आइतबार अमेरिका प्रस्थान गरेका हुन् ।
अमेरिकाको क्यसिलफोर्निया स्थित सान फ्रान्सिस्कोमा हुने ७० देशका च्याम्पियनहरुसँग नेपालका च्याम्पियनहरुको प्रतिस्पर्धा हुने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए । इन्क्सभिल्ला स्टार्टअपवर्ल्डकप नेपाल रिजनल कम्पिटिसनको फाइनलमा रहेका १५ कम्पनीलाई पछि पार्दै यसै वर्ष नेपाल च्याम्पियन बन्न सफल भएको हो भने ट्याक्सिमाण्डु गत वर्षको प्रतिस्पर्धामा च्याम्पियन भएको हो ।
गत वर्ष कोरोना महामारीका कारण ग्लोबल फिनाले स्थगन भएका कारण ट्याक्सिमाण्डु पनि यसैपालि ग्लोबल फिनालेमा सहभागी हुनलागेको हो । नेपाली च्याम्पियन स्टार्टअपहरु सेप्टेम्बर २८ मा सेमिफाइनलमा सहभागी हुनेछन् भने त्यसबाट उत्कृष्ट १० मा छानिएमा उनीहरु वर्ल्ड च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबाट जाने प्रतिनिधिमण्डलको नेतृत्व स्टार्टअपहब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले गरेका छन् । टोलीमा स्टार्टअप नेपालकी सीईओ करुणा कडेल, इन्क्सभिल्लाका सीटीओ आसिक सुवेदी, र ट्याक्सीमाण्डुका सीईओ अर्जुन केसी रहने स्टार्टअप हब नेपालले जनाएको छ । विश्वका ७० भन्दा बढी देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुनथालेको हो । वर्ल्ड ट्रेड ग्रुप नेपालको भगिनी संस्था स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअपवर्ल्डकप भित्र्याएको हो ।
विश्वका विकसित र धनी देशहरुमा मात्र हुने गरेको स्टार्टअप नेपालमा भित्रिएसँगै नेपालको कुनै कुनामा रहेको नयाँ सोचले समेत विश्वको इन्नोभेसन हेडक्वार्टर भनेर चिनिने सिलिकन भ्यालीमा गएर प्रतिस्पर्धा गर्ने बाटो खुलेको स्टार्टअप हब नेपालले जनाएको छ । स्टार्टअप वर्ल्डकपको ग्लोबल च्याम्पियनले १३ करोड रुपैयाँ बराबरको लगानी पुरस्कार पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया