मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापना विषयक अन्तर्राष्ट्रिय
काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले मस्तिष्क पक्षघातपछिको पुनस्र्थापना विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । अस्पतालले मंगलबार काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रशिक्षकसहित प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।
नेदरल्यान्डका डा. हान फ्र्याङ्क र डा.पल डोबेलस्टेइजन रिसोर्स पर्सनका रूपमा रहेको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा न्यूरोलोजी विभाग प्रमुख डा. बाबुराम पोखरेलले यो प्रशिक्षणले नेपाली फिजियोथेरापिष्टहरुलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको बताए ।
वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा र न्यूरो फिजियोथेरापी विज्ञ गोविन्दमणि नेपालको समेत उपस्थिति रहेको कार्यक्रम बुधबार सकिनेछ । मस्तिष्क पक्षघातपछिको पुनस्र्थापना विषयक प्रशिक्षणमा सहभागीहरुले १६ सीईयूबराबरको क्रेडिट प्राप्त गर्नेछन् । मस्तिष्क पक्षघात भएका बिरामीहरुको शारीरिक चाललाई सुधार गर्न र विशेष गरी कुमको दुःखाइ र चाललाई सुधार गर्न के र कस्ता प्रक्रियाहरु अपनाउन आवश्यक छ भन्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नेछन् ।
यस प्रशिक्षणले व्यावहारिक ज्ञान प्रदान गरी सहभागीले आफ्नो कार्यस्थलमा बिरामीलाई धेरै नै सहयोग पु-याउन सक्ने अपेक्षा प्रशिक्षकहरुको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया