एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा
काठमाण्डौँ,फागुन २०
एनआईसी एसिया बैंककले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न अविस्वासनीय सुविधाहरू दिँदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनीय बीमा सुविधा दिएको छ । जसले परम्परागतरूपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ ।बैंकले ग्राहक महानुभावहरूको सुविधाको लागि न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खातामार्फत जीवनमा आइपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रूपैयाँसम्मको चामत्कारिक बीमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधि उपचार बीमा सुविधा पाउन सक्नेछन् । ग्राहक महानुभावले बहिरङ्ग (ओपडी) उपचार गर्नुपरेमा २० हजार रूपैयाँसम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधिलगायतका काममा खर्च गर्न सक्नेछन् । ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रूपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म एक सय दुई जना ग्राहकले यो सुविधाबाट ६० लाखभन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् । एनआईसी एसिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरूको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । २१ लाखसम्मको बीमा सर्वसाधारण आफैँले गर्नुपरेमा करिब १४ हजार रूपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर, यस न्यू सुपर चामत्कारिक योजनाअन्तर्गत बैंक स्वयम्ले उक्त बीमा सुविधाबापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरेअनुरूप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रूपैयाँको सेवा लिन सक्नेछन् ।
न्यूनतम एक लाख वा सोभन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरूको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधि उपचार बीमा सुविधा पाउन सक्नेछन् ।
ग्राहक महानुभावहरूले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नुहुनेछ । बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार बैंहरूले मुद्दती निक्षेप खातामा नौ दशमलव २५ प्रतिशतसम्म ब्याज पाउनेछन् । त्यसमा शाखाप्रमुखले बढीमा शून्य दशमलव पाँच प्रतिशतसम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा नौ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिन्छन् । एनआईसी एसिया बैंकले भने सर्वाधिक उच्च ब्याजदरसँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया