अक्सिडेन्टल पब्लिक स्कुल २७ औँ वर्षमा
काठमाण्डाँै,फागुन २१
काठमाडौंको अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलको सत्ताइसौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यादय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. सिद्धि प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशको आर्थिक समृद्धिका लागि शैक्षिक पूर्वाधार अपरिहार्य रहेको कुरा बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न विद्यालय अघि सर्नु पर्ने बताए । भट्टराईले अन्धविश्वास, अशिक्षा र पछौटेपनको अन्त्यका लागि शिक्षाको महत्व रहेको उल्लेख गर्दै भविष्यमा राष्ट्रपति, डाक्टर, इन्जिनियर विद्यालयबाटै उत्पादन हुने र यसमा अक्सिडेन्टलले यस्तो जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भुकम्प पछिको पुननिर्माणमा आफूले विद्यालयको निर्माणलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै देशका सबै विद्यालयहरुले आफ्नो भौतिक संरचनामा जोड दिनु पर्ने कुरा बताए । शरीर स्वस्थ्य रहेमात्र मानिसले हरेक क्षेत्रमा उन्नति गर्ने बताउँदै विद्यालयको भौतिक वातावरण सुढृढ भए मात्र विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्ने उनको दावी थियो ।
कार्यक्रममा विद्यालयका प्र.अ. टेकबहादुर पौडेलले विद्यालयको वार्षिक गतिविधि प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुले गीत, संगीत, नृत्य तथा नाटकका माध्यमबाट आफ्ना प्रतिभा पस्किएका थिए । नेपालको सांस्कृतिक विविधता झल्कने उक्त कार्यक्रम उपस्थित सम्पुर्ण अभिभावकहरुले उत्साहका साथ अवलोकन गरेको शिक्षक तुल्सी प्रसाद घिमिरेले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया