ट्रिटमेन्ट पोसिबल इन इन्डियाको एजेन्टमा सांग्रिला टुर्स नियुक्त
काठमाडौं । ट्रिटमेन्ट पोसिवल इन इन्डियाको लागि नेपालमा आधिकारिक एजेन्टको रूपमा सांग्रिला टुर्स प्राइभेट लिमिटेड नियुक्त भएको छ । ट्रिटमेन्ट पोसिवलले सांग्रिला टुर्समार्फत नेपाली जनतालाई उचित मूल्यमा भारतमा व्यावसायिक चिकित्सा सहायता प्राप्त गर्न मद्दत गर्ने जनाएको छ ।
ट्रिटमेन्ट पोसिवलले भारतमा उपचार गर्न चाहने नेपाली बिरामीहरूलाई उचित मूल्यमा सही चिकित्सक र अस्पतालहरूसँग जोडिएको सुनिश्चित गर्ने बताएको छ । सांग्रिला टुर्सले बिरामीका केस फाइलहरूको विवरणहरू भारत पठाउनेछन् र उपचार रणनीति, डाक्टर र अस्पतालहरूको लागि सिफारिसहरूसहित लागतहरू ट्रिटमेन्ट पोसिबलले दिनेछ, यस क्रमसम्म बिरामीलाई कुनै शुल्क नलाग्ने बताइएको छ ।
एकपटक उपचारको पाठ्यक्रममा सहमति भइसकेपछि, सांग्रिला टुर्स र ट्रिटमेन्ट पोसिबलले बिरामी र उनीहरूको परिवारसँग हवाइ यातायात र बसाइसहितको भारत भ्रमणको योजना बनाउन काम गर्नेछन् । भारतमा पुग्नेबित्तिकै ट्रिटमेन्ट पोसिबलका प्रतिनिधिहरूले बिरामीलाई आगमनमा भेट्नेछन् र उनीहरूको आवासमा स्थानान्तरण गर्ने, भारतीय सिम कार्ड उपलब्ध गराउने, अस्पतालमा डाक्टरहरूसँग भेटघाटमा साथ दिने र भर्नाको दिनमा अस्पताल लगेर सहयोग गर्नेछन् । यस्तै उपचार समाप्त भइसकेपछि ट्रिटमेन्ट पोसिबलले डाक्टरसँगको फलोअपको भ्रमणको लागि योजना र व्यवस्था गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया