एनआरएनएको पहलमा नेपाल जाने र फर्केका पर्यटकबीच अन्तर्क्रिया
काठमाडौं । गैरआवासीय नेपाली संघअन्तर्गतको पर्यटन प्रवर्द्धन समिति र युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (ईएनसीसीटी) का संयुक्त आयोजनामा आगामी वर्ष नेपाल जाने पर्यटकहरुका लागि आवश्यक जानकारी दिने उद्देश्यले अन्तत्र्रिmया कार्यक्रम गरेको छ ।
समितिका संयोजक तथा संघका प्रवक्ता सोम सापकोटाका अनुसार गत साता भर्चुअल कार्यक्रममा नेपाल भ्रमण गरिसकेका र आगामी वर्ष भ्रमणको लागि तयारी गरेका पर्यटकबीच छलफल भएको थियो । कार्यक्रममा युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (ईएनसीसीटी) का अध्यक्ष दीपेशमान शाक्य र एनआरएनए पर्यटन प्रवर्द्धन समितिमा सदस्य कमल भट्टले संयुक्त रुपमा पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मल्टा, आयरल्याण्ड, यूके र स्विट्जरल्याण्डबाट नेपाल गएर फर्किएका पर्यटक र आगामी वर्ष जाने योजनामा रहेका पर्यटकहरुबीच छलफल भएको संघका प्रवक्ता तथा समितिका संयोजक सोम सापकोटाले जानकारी दिए । युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम –ईएनसीसीटी) को सहकार्यमा आयोजित कार्यक्रममा बेल्जियम, मलेसिया, जर्मन, चीन, इटाली, मल्टा आयरल्याण्ड यूके, स्विट्जरल्याण्डलगायत १३ देशका पर्यटकहरुले आआफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा ईएनसीसीटीका योएएन कोनेलिय, ग्रे फुचस्, जित रानाभाटलगायतले आफ्नो भनाइहरु राखेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया