नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले न्यू स्टाइल, न्यू स्टेटमेन्ट नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ ।
आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ । नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।
समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । यो सेगमेन्टमै पहिलोपटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलईडी टेल ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै हुण्डाई भेन्यूको अघिल्लो भागमा रहेको पारामेट्रिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्टी लुक दिएको छ । यसमा रहेको डायमण्ड कट अलवे ह्विल्स, एलईडी प्रोजेक्टर ल्याम्पलगायतले नयाँ हुण्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको छ ।
नयाँ हुन्डाई भेन्यूकोे फराकिलो बनावट र टु टोन व्ल्याक ग्रेज इन्टेरियरका कारण निकै नै आरामदायी छ । नयाँ हुन्डाई भेन्यूको विस्तारित बुट स्पेससहितको ६०ः४० स्पीट सिट, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, दुईवटा रियर यूएसबी चार्जरलगायत सुविधाजनक चालक सिट, वायरलेस फोन चार्जरलगायतका सुविधाले हुण्डाई भेन्यूलाई एक उत्कृष्ट कम्प्याक्ट एसयूभीको रुपमा स्थापित गराउनेछ । साथै नयाँ हुन्डाई भेन्यूमा एमबियन्ट साउन्ड अफ नेचरको रुपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । यसले ग्राहकको ड्राइभिङ्ग अनुभवलाई शान्त र सहज बनाउने विश्वास गरिएको छ । १.२ लिटर पेट्रोल इन्जिन/१.० लिटर टर्बो इन्जिनले पावर गरिएको नयाँ हुन्डाई भेन्यू फाइभ स्पिड मेन्युअल तथा सेभेन स्पिड डीसीटीमा उपलब्ध छन् ।
ई, एस र एसएक्स गरी तीनवटा भेरियन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरूमध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास गरिएको छ । हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइन्छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया