Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेपूर्वउपराष्ट्रपति झालाई दिने भनिएको अन्तर्राष्ट्रिय सम्मान शंकाको घेरामा !

पूर्वउपराष्ट्रपति झालाई दिने भनिएको अन्तर्राष्ट्रिय सम्मान शंकाको घेरामा !


काठमाडौं,भारतका पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलामको नाम जोडेर नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झालगायतलाई गर्न लागिएको भनिएको सम्मान कार्यक्रम शंकाको घेरामा तानिएको छ ।डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले चैत ४ गते शनिबार पश्चिम बंगालको कोलकातामा उक्त सम्मान प्रदान गर्न लागिएको बताइएको छ । उक्त कार्यक्रममा अमेरिका, बेलायत, नेदरल्यान्ड, जापान, जर्मनी, यूएई, कतार, बंगलादेश श्रीलंका, मलेसिया, नेपाल, म्यान्मार, भारत, भुटानलगायतका मुलुकबाट सहभागिता रहने बताइएको छ ।

डा. कलाम फाउन्डेसनको कार्यक्रम संयोजक एवं अन्तर्राष्ट्रिय सल्लाहकार प्रदीप खनालले उक्त कार्यक्रमको संयोजन गरेका छन् ।उक्त कार्यक्रममा नेपालबाट प्रथम उपराष्ट्रपति परमानन्द झा, नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेल र समाजसेवी सावित्री अधिकारीलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गर्न लागिएको प्रचार गरिएको छ ।

अन्तर्राष्ट्रिय सम्मान पाउन लागेकी भनिएकी समाजसेवी सावित्री अधिकारी सुपरिचित नाम होइन भने अर्की राधा पोख्रेल हालै मात्र विशाल बजार कम्पनीकी सञ्चालक मनोनीत भएकी पूर्वप्रधानमन्त्री माधव नेपालनिकट राजनीतिक कार्यकर्ता हुन् ।

उनीहरुलाई सम्मानदिने संस्थाको दर्ता सन् २०१९ मा भएको भनिएअनुसार संस्थाको स्थापना २०१६ मा भएको उल्लेख छ । तर त्यसको दर्ता कतै भएको देखिँदैन ।यसअघि नेपालका प्रतिष्ठित केही व्यक्तिलाई यसैगरी सम्मान र उपाधि वितरण नभएको होइन र तीमध्ये केही केपी ओली, विजय कुमार गच्छदार, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले त्यस्तो उपाधि फिर्ता गरिसकेका छन् भने केही व्यक्तिले उपाधि छाड्दा घटनाको रहस्य खोलिएर झन् बेइज्जत हुने डरले मन खुम्च्याएर चुपचाप बसेका छन् ।

एपीजे अब्दुल कलाम फाउन्डेसनले पनि यसअघि नै आफ्नो नाम दुरुपयोग हुने आशंका गर्दै त्यस्तो भ्रमण नगर्न सार्वजनिक अपिल गरिसकेको अवस्थामा अहिलेको सम्मान कार्यक्रम पनि शंकाको घेराभित्र तानिन पुगेको हो ।
फाउन्डेसले दिनलागेको अवार्डको विषयमा बुझ्न नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलसँग बुझ्न फोन सम्पर्क गर्दा उनले आफू कार्यव्यस्तताले जान नपाउने बताइन् ।

उनका अनुसार सो अवार्डमा आफू मनोनीत भएको र थप अवार्डको र फाउन्डेसनको विषयमा आफूलाई केही थाहा नभएको बताइन् ।कार्यव्यस्तता नभएको भए आफू अवार्ड लिन जान समेत तयार रहेको उनले बताइन् । फाउन्डेसनका संयोजक खनालसँग जिज्ञासा राख्न फोन सम्पर्क गर्दा उनको फोन सम्पर्कभन्दा बाहिर रहेको थियो ।


क्याटेगोरी : सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया