सुबास बस्नेत
दोलखा, चैत १०
जिल्लामा मास्क र सेनिटाइजर पाइन छाडेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न मानिसले अत्यधिक रुपमा खोज्ने मास्क र सेनिटाइजर जिल्लामा पाउन छाडेको हो । चरीकोटका आधा दर्जन बढी फार्मेसीमा औषधि समेत पाउन छाडेको छ । सागर फार्मेसी मेडिकलका सञ्चालक हरि गौतमले फार्मेसीमा दैनिक दुई सयभन्दा बढी मानिस मास्क र सेनिटाइजर खोज्न आउने गरेको बताए । कोरोना भाइरस विश्वका धेरै देशमा महामारीको रूपमा फैलिएपछि सरकारले सुरिक्षत रहन नागरिकलाई अपिल गरेको छ ।
धेरै भीडभाडमा हिड्दा मास्क लगाउन तथा सेनेटाईजरको प्रयोग गर्न सरकारले सुझाव दिएपछि यसको अत्यधिक खोजी हो । गौरीशंकर फार्मेसीका सञ्चालक मनोज श्रेष्ठले दुई हप्ता देखी नै मास्क र सेनिटाईजर सकिएको बताए । राजधानीमा नै अभाब भएकोले जिल्लामा पनि अभाब भएको उनको भनाइ छ । चरिकोट बजारका केहि स्थानीयले भने बजारका केहि व्यापारीले मास्क लुकाएर राखेको हुनसक्ने दावी गरेका छन् । जिल्लाको कालिन्चोक गाउँपालिकाकी सीता शिवाकोटीले फार्मेसीहरुले बजारका व्यापारीलाई मास्क दिने गरेको तथा सर्वसाधारणलाई भने नदिने गरेको बताइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया