बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ बस्दै आएकी बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी रजनी श्रेष्ठलाई आइतबार बूढानीलकण्ठबाट पक्राउ गरिएको हो ।
प्रवक्ता थापाका अनुसार वि.सं. २०७८ असार २५ गते प्रतिवादी रजनी श्रेष्ठले लक्ष्मी बैंक लिमिटेडबाट भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानी–जानी जाहेरवालालाई दिएको चेक भुक्तान हुन नसकेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा २१ दिन कैद र ७५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । सो पश्चात् फरार रहेकी प्रतिवादी श्रेष्ठलाई आइतबार सीआईबीको टोलीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको प्रवक्ता थापाले बताए । पक्राउ परेकी थापालाई फैसला कार्यान्वयनको लागि आइतबार नै ललितपुर जिल्ला अदालतमा पेस गरेको जानकारी पनि प्रवक्ता थापाले दिए ।
क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 1
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया