कोरोना भाइरससँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग
काठमाण्डौं,चैत २१
कोरोना भाइरससँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरुलाई आक्रान्त बनाइरहेको भन्दै महासंघले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम सहयोग गर्ने जनाएको हो । कोरोना भाइरसको कारणले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा आर्थिक रुपले निकै ठूलो असर परिरहेको महासंघले जनाएको छ । विश्वव्यापी रुपमा निम्तिएको यस महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पु¥याउन सरकारले स्थापना गरेको कोरोना भाइरससंक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने महासंघ महासचिव धर्मशुन्दर बज्राचायले बताए ।
साथै यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि महासंघले सरकारसँग हातमा हात मिलाउँदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने उनले बताए । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एसोसिएट्स सदस्यहरुमार्फत विभिन्न किसिमका खाद्य सामग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया