Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेनियमविपरीत काम गर्ने विकास बैंक र फाइनान्स कम्पनी कारबाहीमा

नियमविपरीत काम गर्ने विकास बैंक र फाइनान्स कम्पनी कारबाहीमा


काठमाडौं,नियमविपरीत काम गर्ने चार विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिएको गैरस्थलगत सुपरीवेक्षणको क्रममा तोकिएको अनिवार्य नगद मौज्दात र कर्जा तथा निक्षेप अनुपात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो ।

क्षेत्रीयस्तरको कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक कारबाहीमा परेका हुन् । फाइनान्स कम्पनीमा मल्टीपर्पस फाइनान्स कम्पनी रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले गत मंसिरमा तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा एक लाख ९६ हजार दुई सय ६५ रुपैयाँ ३० पैसा हर्जाना लगाएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी सालपा विकास बैंकले पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले एक लाख १० हजार छ सय ६२ रुपैयाँ २६ पैसा जरिबाना लगाएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई पनि सोही शीर्षकअन्तर्गत दुई लाख ५१ हजार तीन सय २४ रुपैयाँ ७३ पैसा हर्जाना लगाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले पनि मंसिरमा तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेपछि १९ लाख ३६ हजार छ सय ३५ रुपैयाँ ५७ पैसा हर्जाना तिरेको छ ।

नारायणी डेभलपमेन्ट बैंक तोकिएको अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको आधारमा सबैभन्दा धेरै पटक कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ । जसअन्तर्गत पहिलो पटक तीन हजार नौ सय ४८ रुपैयाँ ५३ पैसा, दोस्रो पटक ६३ हजार सात सय ८२ रुपैयाँ ७८ पैसा र तेस्रो पटक एक लाख आठ हजार सात सय ७० रुपैयाँ २१ पैसा हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

मल्टीपर्पस फाइनान्सले पनि अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले जरिबानासहित कारबाही गरेको हो । मल्टपर्पसले दुई हजार सात सय एक रुपैयाँ तीन पैसा जरिबाना तिरेको छ ।


क्याटेगोरी : सुलसुले
ट्याग : #Page 1, #page 2

तपाईको प्रतिक्रिया