काठमाडौं । विश्व जैविक विविधता दिवसको अवसरमा विवाइडीको अधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘सपना र वनजंगलको निर्माण’ अभियान घोषणा गरेको छ । कम्पनीेले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त अभियानको घोषणा गरेको हो ।
कम्पनीका अनुसार अभियानले विसं २०६२ मा गैरकानुनी बालुवाखानी उत्खनन् र फडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनस्र्थापनाको लक्ष्य लिएको छ । ‘कुनै समय विविध जीव र वनस्पतिसहित फस्टाएको चखनडोल सामुदायिक वनको विगतमा निकै दोहन भयो । तर ‘सपना र वनजङ्गलको निर्माण’ अभियानले वनमा स्थानीय प्रजातिका बिरुवा लगाई ती हुर्कने अनुकूल वातावरणको निर्माण गरी चखनडोल सामुदायिक वनलाई पहिलेकै अवस्थामा फर्काउने लक्ष्य राखिएको छ’, कम्पनीले भनेको छ । यो अभियानले पर्यावरण र जीवजन्तु सबैमा महत्वपूर्ण प्रभाव पार्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार अभियानअन्तर्गत वृक्षारोपणको पहिलो वर्ष आठ सय २७ टन अक्सिजन उत्पादन गर्दै तीन सय १० टन कार्बन संरक्षण गर्नेछ भने पाँच वर्षभित्र एक हजार पाँच सय ५० टन कार्बन जम्मा गर्दै चार हजार एक सय ३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य लिएको छ ।
साइमेक्स इन्कका प्रमुख मार्केटिङ अधिकृत समीर श्रेष्ठले चखनडोल सामुदायिक वनलाई पुनर्जीवित गर्ने मात्र नभई वातावरण संरक्षणमा अरूलाई पनि जैविक विविधताको क्षेत्रमा काम गर्न प्रेरित गर्ने बताए । ‘मियावाकी’ प्रविधिबाट एक हजार पाँच सय रुख रोपिने यो अभियान विश्व जैविक विविधता दिवसका अवसरमा घोषणा गरिएको हो । जैविक विविधताको संरक्षणको महत्वका बारेमा जनचेतना फैलाउँदै यो दिवस मे २२ का दिन विश्वभर मनाइँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया