कच्चा पदार्थमा भन्सार दर नबढाउन माग
काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक संघले कच्चा पदार्थमा भन्सार महसुल दर एक प्रतिशत नै कायम गर्न माग गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले कच्चा पदार्थमा भन्सार महसुल १० प्रतिशत कायम गरेकाले यसलाई साविककै अवस्था कायम गर्न संघले माग गरेको हो । भन्सार महसुल दर १० प्रतिशत हुँदा अत्यावश्यक वनस्पति घिउ तेल उत्पादन गर्ने उद्योगहरू धराशायी भई बन्द हुन जाने अवस्थामा पुग्ने संघले जनाएको छ । यसले समग्र अर्थतन्त्रमा समेत प्रत्यक्षरूपमा गम्भीर असर पार्ने जानकारी गराएको छ । यस्तै, संघले उक्त दर पुनरावलोकन नभए उपभोक्ताहरूलाई प्रतिलिटर १५ रुपैयाँभन्दा बढीले मूल्यवृद्धि हुनेमा समेत ध्यानाकर्षण गराएको छ ।
संघका अनुसार छिमेकी देश भारत सरकारले २०७९ जेठ १० गतेवाट उच्च महँगीको चापबाट उपभोक्ताहरूलाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशत र जीएसटी पाँच प्रतिशत मात्र कायम गरेको छ । नेपालमा कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुुल र मूअकर १३ प्रतिशत गरी सरदर २५ प्रतिशत कर लाग्दै आएकोमा यसबाट स्वदेशी उद्योगहरूको उत्पादन लागतमा वृद्धि हुन गई चोरी–पैठारी बढेपछि नेपाल सरकारले ‘आर्थिक ऐन २०७९ को दररेट संशोधनसम्बन्धी’ नेपाल राजपत्र २०७९ भदौ २३ मार्फत १० प्रतिशत भन्सार महसुललाई एक प्रतिशत कायम गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया