काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । अफरअनुसार ग्राहकहरूले कुनै पनि ब्रान्डको आफूले हाल चलाउँदै गरेको स्मार्टफोनसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड भर्सन लिन सक्नेछन् ।
यस अफरका साथ शाओमीले ग्राहकहरूलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई ग्राहकहरू समक्ष ल्याएको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले यो एक्सचेन्ज अफरले ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा कम्पनीको स्मार्टफोनको गुणस्तर र नवीनतम सुविधाहरू उपलब्ध गराइएको बताए ।
कम्पनीका अनुसार ग्राहकहरूले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड इन प्रक्रिया सुरु गरेर सरलरूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् । ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गर्न सक्नेछन् । नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ््कन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरूका लागि यो अफर अझै आकर्षक रहेको बताइएको छ । शाओमीको एक्सचेन्ज अफर जुन २ देखि राष्ट्रव्यापीरूपमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । यो उल्लेखनीय अवसरको फाइदा उठाउन र नयाँ शाओमी स्मार्टफोनमा अपग्रेड गरेर शाओमी इकोसिस्टमको पूर्ण लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया