Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुने

चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुने


काठमाडौं । आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला ’एनपीनोग नाइन’ हुने भएको छ । इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्तरूपमा सञ्चालन गर्ने पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिनेछन् ।

कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन हुने बताइएको छ । इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न कार्यशाला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । कार्यशालामा ४५ जना सहभागी हुने बताइएको छ । यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट छ जना सहभागी छनोट गरिनेछ । फेलोसिप प्रोग्राममा एनपीआईएक्स, इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान), नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) का सदस्यहरूलाई रजिस्ट्रेसनमा १५ प्रतिशत छुट दिइएको छ भने विद्यार्थी र महिला सहभागीलाई ३० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया