Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई सहयोग

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई सहयोग


काठमाडौं । हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूलाई सहयोग गरेको छ । कम्पनीको ‘स्टेप टुवार्ड एजुकेसन’ वार्षिक अभियानअन्तर्गत सो सहयोग गरेको हो ।

कम्पनीको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई बुधबार विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्तालगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेकी थिइन् । हिमालय एअरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सन् २०१७ देखि वार्षिकरूपमा यो अभियान सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यसको उद्देश्य विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गर्ने हो । यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै एअरलाइन्सले आफ्नो वार्षिक गतिविधि सञ्चालन गर्न सुरु गरेको छ ।

वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन कम्पनीले काठमाडौंको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो । विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर हिमालयले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको छ । उड्डयन संग्रहालयले पनि बालबालिकाहरूका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया