Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यावसायिक आचारसंहिता पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न महासंघको आग्रह

व्यावसायिक आचारसंहिता पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न महासंघको आग्रह


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिता पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ । पछिल्लो चरण नेपालमा कोरोना महामारी बढ्दै गइरहेको विषम अवस्थामा कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको बिक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनः उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपु¥याई सामान बजारमा बिक्री गरेको लगायतका प्रचलित कानुनविपरीतका कार्यहरू भएको भन्ने गुनासाहरू आएको भन्दै महासंघले प्रचलित कानुनविपरीतका कार्यमा संलग्न नहुन सबैमा आग्रह गरेको हो ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो कठिन घडीमा कहीँकतैबाट पनि जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही हुन नहुनेमा सचेत गराएको छ । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलबाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नभएको भन्दै महासंघले यदि कहीँकतैबाट भएको रहेछ भने कानुन अनुसार कारबाहीको भागीदार हुनुपर्ने हुँदा प्रचलित कानुनविपरीतका कार्यमा संलग्न नहुन आफ्ना सबै सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूमार्फत उद्यमी व्यवसायीहरूलाई आग्रह गरेको छ ।

साथै महासंघले चाडबाडलक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवत् रूपमा अघि बढाउँदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न सरकारसँग माग गरेको छ । निजी क्षेत्रले महामारीमा सरकारलाई दरिलो साथ र सहयोग दिँदै आएको पनि महासंघले जनाएको छ । महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर उद्यमी व्यवसायीहरू अहोरात्र खटिरहेको महासंघको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया