Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरनर मोटरसाइकलको खरिदमा ५१ हजारसम्म छुट पाइने

रनर मोटरसाइकलको खरिदमा ५१ हजारसम्म छुट पाइने


काठमाडौं ।
बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकलको खरिदमा ५१ हजारसम्मको भारी छुट दिने भएको छ । कंपनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर हो ।

साथै कम्पनीले मोटरसाइकलजगतमै सर्वाधिक छ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको छ । यसका साथै कम्पनीले कुनै पनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा ३० हजार रुपैयाँ न्यूनतम मूल्यांकन गरिने जनाएको छ ।

कम्पनीका अनुसार देशैभर करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहारअन्तर्गत ५१ हजार रुपैयाँसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउनेछन् । रमन मोटर्सले हाल ८० सीसीका सस्तादेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । उक्त ब्राण्डको दिनदिनै बजार बढ्दै गएको कंपनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया