Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा फर्मा नामक उन्नत प्रविधि ट्याक्टर

नेपालमा फर्मा नामक उन्नत प्रविधि ट्याक्टर


काठमाडौं । नेपालमा फर्मा नामक उन्नत प्रविधि ट्रयाक्टर सार्वजनिक गरिएको छ । फर्मा युरोपेली प्रविधिको साथ भारतमा बनाइएको हो । यो विश्वभरमा निर्यात गरिएको कम्पनीले जनाएको छ ।

नेपालका लागि फर्मा ट्र्याक्टरको एकमात्र आधिकारिक आयातकर्ता र वितरक कृषि समूहको भगिनी संस्था यती टेक्निक फार्म प्रालिले नेपालमा फर्मा ट्याक्टर भित्र्याएको हो । कृषि समूहले नेपालमा कृषि, स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले विशेष गरी कृषिमा समुदायको गुणस्तर सुधार गर्न उद्यम र उद्यमशीलतामा पहल गर्दै आएको जनाएको छ । नयाँ फर्मामा वायुगतिकीय आकार, बलियो संरचना, प्रोजेक्टर हेड ल्याम्पहरू, पावर स्टेरिङ, उच्च ग्राउन्ड क्लियरेन्स, लाइभ ट्रयाकिङ, जियो फेन्सिङ, इन्धन सूचक, सेवा रिमाइन्डर, फिल्टर चोकिङ, इन्जिन तापमान, ब्याट्री कम चेतावनीलगायतमा सुविधाहरु रहेका छन् ।

अन्तर्राष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले फर्मा ब्रान्ड र यसको भिजन मिसन प्रस्तुत गरेका थिए । यस्तै कृषि समूहका अध्यक्ष तेज विक्रम थापाले ग्राहकहरूलाई निर्बाध रूपमा सेवा दिनको लागि फर्माको नेपालभर बिक्री र सेवा आउटलेटहरूको बलियो नेटवर्क रहेको बताए । अर्थमन्त्री जनार्दन शर्माले फर्मा ट्रयाक्टरको उद्घाटन गरेका थिए । कार्यक्रममा नाडा र अन्य संघ/संस्थाका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । साथै कम्पनीले कार्यक्रमको क्रममा प्रि–बुकर ग्राहकलाई केही ट्रयाक्टरहरूको चाबी समेत हस्तान्तरण गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया