Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न आग्रह

रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । बिहीबार आईएमईले आयोजना गरेको ‘आईएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा उनले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताए । रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

आईएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गरे । ‘आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पु-याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,’ उनले भने । लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आईएमई जहिले पनि आम सर्वसाधारणको सहजताका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताए । संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणहरुका समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया