Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालबीच सहकार्य

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालबीच सहकार्य


काठमाडौं । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन् । अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले खाद्य र आधारभूत सरसफाइका सामग्रीहरू कन्चनपुरका पूर्वहलियाहरू समेत मोरङ र सप्तरीका २५० परिवारलाई बाँड्नेछन् ।

मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब छ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई ह्याबिट्याट फर ह्युम्यानिटीले दुई महिनाको लागि चामल, दाल, खानेतेल, नुनलगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू बाँड्नेछन् । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको ‘आश्रयको–लागि–खाना’ कार्यक्रमले कम गुणस्तरको आवाससम्बन्धी दीर्घकालीन विषयहरू समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले सबैभन्दा विपन्न र सीमान्तकृत परिवारहरूलाई सुरक्षित आश्रय निर्माण गर्न र कोभिड–१९ ले पारेको तत्कालीन असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउने व्यवस्था गर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया