Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको टीभी र फोन किन्दा विशेष छुट

शाओमीको टीभी र फोन किन्दा विशेष छुट


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्सिप फोन पोको एफ ३ जीटी र मी टीभीमा पाँच हजार रुपैयाँबराबरको छुट ल्याएको छ । आफ्नो उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र मी टीभीमा छुटको व्यवस्था गरेको हो ।

टुर्वो एमोलेड डिस्प्ले र फ्ल्याग्सिप मिडिया टेक चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको छ । यो एउटा प्रिमियम स्मार्टफोन हो, जसमा म्याग्लेव ट्रिगर भएकोले एक स्वीचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिन्छ । कम्पनीका अनुसार यो मोडल गेम खेल्ने र नखेल्ने दुवै वर्गको लागि उत्कृष्ट छनोट हो । त्यसैगरी मी टीभी पनि एक शानदार डिजाइन, बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन भएको दमदार टेलिभिजन हो ।

एन्ड्रोइडमा चल्ने यो टीभीमा रेकमेन्डेसन सिस्टम हुनुको साथै अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्महरु सपोर्ट गर्छ । साथै उत्कृष्ट डिजाइन भएकोले घरको जुनसुकै कोठामा राखे पनि राम्रो सुहाउने हुन्छ । ३२ इन्चको ठुलो स्क्रिन भए पनि यसले एकदम थोरै ठाउँँ ओगट्छ र यसको तौल् पनि जम्मा चार किलोग्राम मात्र रहेको छ । पहिला ५६ हजार नौ सय ९९ रुपैयाँ मूल्य भएको पोको एफ ३ जीटीलाई कम्पनीले ५१ हजार नौ सय ९९ रुपैयाँमा र ३४ हजार नौ सय ९९ रुपैयाँ मूल्य भएका मी टीभीलाई २९ हजार नौ सय ९९ रुपैयाँमा दिने निर्णय गरेको छ । पोको एफ ३ जीटीमा एक वर्षको बीमा पनि रहेको छ जुन आधिकारिक बिक्री केन्द्रहरुबाट खरिद गर्दा उपलब्ध हुनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया